
आज देशभरको मौसम कस्तो रहन्छ ?
काठमाडौं, १ माघ । हाल देशभरको मौसममा पश्चिमी वायु र स्थानिय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हल्का हुसु र कुहिरो लागेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।
देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।
प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।