९ बैशाख २०७८, बिहीबार

ओलीले अहिले सबैभन्दा ठूलो आफूलाई ठानेकाले अरुले टेर्दैन : प्रचण्ड

काठमाडौं, २९ पुस ।  सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको भन्दै अब ओली नसुध्रने निष्कर्ष निकालेको छ । ओली संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मेटाउन उद्यत रहेको भन्दै यस्तो निष्कर्ष निकालेको हो ।

प्रचण्डमाधव समूहको काठमाडौ जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले अहिले सबैभन्दा ठूलो आफूलाई ठानेकाले आफूबाहेकका अरुलाई नटेरेको आरोप लगाएका छन ।

प्रचण्डले आफू माधवकुमार नेपाल दुबै पहिलो वरियताको र १ नम्बर अध्यक्ष रहेको भन्दै मिल्नेहरुको कुरा बेग्लै हुने बताएका छन । ओली निर्घिणी पात्र रहेकाले उनीसँग कुरा नमिलेको उनले बताएका छन ।

राजनीति गर्ने व्यक्तिमा अलिकति भएपनि लाज हुनुपर्ने भन्दै प्रचण्डले ओलीमा लाज, घिन केही नभएकाले आफूसँग सहकार्य नभएको बताएका छन । प्रचण्डले माधव नेपालसँग सौहार्द सम्बन्ध भएकाले आफूहरु अहिले एक भएको बताएका छन ।

प्रचण्डले आफूहरु आधिकारिक नभए र सूर्य चिन्ह आफूहरुले नपाए आँधीहुरी आउने दोहोर्याएका छन् । 

भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले आफूसँग विधिबमोजिम हुने बताएकाले आफुहरु आधिकारिक हुने बताएका छन् । अहिलेको अवस्थामा सूर्य चिन्ह आफूहरुले नपाए देशमा आँधीहुरी आउने बताएका छन ।

अहिले गणतन्त्र एम्बुसमा परेको र त्यसको उद्धारका लागि आफूहरु एक ढिक्का भएर लाग्ने बताएका छन् । प्रचण्डले ओली तानाशाह बन्ने बाटोमा रहेकाले अब उनीसँग कुनै अपेक्षा नरहेको पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस