५ माघ २०७७, सोमबार

गणतन्त्रको चिरहरण गर्ने ओली तानाशाह : अष्टलक्ष्मी शाक्य

काठमाडौं, २९ पुस । नेकपाको प्रचण्ड माधव समूहकी नेत्री अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएकी छन् । प्रचण्डमाधव समूहको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै शाक्यले ओली तानाशाह भएको बताएकी हुन् ।

शाक्यले आफूहरुले त्याग र आन्दोलन गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री ओलीले हमला गरेको भन्दै उनी अहिलेको तानाशाह भएको बताएकी छन। शाक्यले ओली समाजवादको विरुद्धमा उभिएको आरोप लगाएकी छन ।

ओलीको प्रतिगमनविरुद्ध निर्णयक आन्दोलनमा सम्पूर्ण काठमाडौं जुरुक्क उठ्ने भन्दै उनले काठमाडौंका जनता तानाशाह र गणतन्त्र विरोधीको साथमा नहुने दावी गरेकी छन ।

प्रतिक्रिया दिनुहोस