९ माघ २०७७, शुक्रबार

राष्ट्रिय एकता दिवसको औचित्य

नेपालमा परम्परादेखि नै राजाह?ले शासन गर्दै आएको कुरा सर्वविविदै छ । राज्यसंयन्त्रको सन्दर्भमा काठमाण्डौ उपत्यकामा गोपाल बंश, किरात बंश, लिच्छिवी बंश, मल्ल बंश र शाह बंशले राज्य गरेको, पश्चिम नेपालमा खस बंश , कपिलबस्तुमा शाक्य बंश र दक्षिण पश्चिम तराइ क्षेत्रमा कर्णाक बंशीह?ले राज्य गरेको पाइन्छ । बाइसी चैबिसी राज्यका ?पमा नेपाल भित्र विभिन्न राज्यह? रहेको सन्दर्भमा तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले शु? गरेको नेपालको एकीकरणको कार्यलाइ उनका उत्तराधिकारीह?ले मुर्त?प दिएका थिय । आधुनिक नेपालको आर्थिक, सामाजिक विकासको निम्ती शाहकालको महत्वपूर्ण भुमिका रहेको कुरालाइ कसैले नकार्न सक्दैन ।
पृथ्वी नारायण शाह नेपालको राष्ट्रिय एकताका प्रतिक हुन । २०५८÷०२÷१९ को दरवार हत्या काण्ड हुनु अघि सम्म तत्कालीन आन्दोलनरत नेकपा माओवादी वाहेक कसैले राजसंस्थाको विरोधमा उत्रने आट कसैले गर्न सकेको थियन । राजसंस्थाले आम नागरिकमा अभिभावकत्व प्रदान गर्दै आएको थियो । दरवार हत्या काण्ड पश्चात जनमानसमा राजतन्त्र प्रति उच्च वितृष्णा पैदा भएको हो त्यसको प्रमुख कारण भनेको हत्याकाण्डमा ज्ञानेन्द्र पारसको संलग्नताको आशंखा पनि हो । दरवार हत्या काण्ड पश्चात राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ मा प्रतिनिधि सभा विघटन गर्दै असोज १८ मा कार्यकारीणी अधिकार आफु मार्फत प्रयोग गरे पछि राजसंस्था र राजाप्रति विरोधको आरम्भ भएको हो ।
राजसंस्थामा हुदा कुनै राजाले नराम्रो काम गरे होलान तर राजाले देश डुब्ने काम कहिल्यै गरेनन् । राजा विरेन्द्रले नै पटकपटक नागरिकता सम्बन्धी विधेयक पास नगरेका कारण दरवार हत्या काण्ड घटेको भन्ने प्रसंगबाट राजाह?ले देश बचाउन आफ्नो ज्यान समेत बाजी राखेको प्रष्ट हुन्छ ।
२०६२÷६३ को आन्दोलन पश्चात राजसंस्था प्रति राज्य क्रुर ?पमा प्रस्तुत भयो । नेताह? यसरी प्रस्तुत भए की राजा र राजसंस्था नै समाज परिवर्तनका वाधक हुन । राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको सन्दर्भमा नेताह?को कार्यशैलीले उनीह?ले इतिहास सम्मान गर्न सकेको देखिदैन । यसले के कुराको पुष्टि गर्दछ भने बाबुले केही गल्ती गरे भनेर बाबुको सर्वस्व हरण गर्ने कुपुत्रको जस्तो व्यवहार देखाइरहेको आभास हुन्छ । पुष्पलाल, बिपी , मदन भण्डारीलाइ भगवान मान्ने नेता कार्यकर्ताह?को बुद्धिमा कहिले गिदि भरिने हो की बडामहाराजधिराज पृथ्वी नारायण शाहले एकीकरण नगरेको भए आज यिनीह?को भविष्य के हुन्थ्यो ?
राजतन्त्र र राजाप्रति मेरो सम्मान भए तापनि राजसंस्था पुनस्र्थापना हुनुपर्छ भन्ने होइन । तर राष्ट्रिय एकताको प्रतिकका ?पमा रहेका पृथ्वी नारायण शाहको सम्मानमा सदा मेरो शिर निहुरिन्छ । यो मेरो राजतन्त्रप्रतिको आस्था होइन इतिहास प्रतिको सम्मान हो र मलाई आफ्नो इतिहास प्रति सम्मान लाग्छ । स्कुल पढ्दा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा हुन्थ्यो र दिनभर कार्यक्रम गरेर साँझ दिपावली मनाउदा हुने उमंग र पृथ्वी नारायण शाह प्रतिको सम्मान भाव अहिले पनि मनस्पटलमा प्रतिबिम्बित हुदै छ । राजनीतिक दालको अर्कमण्डयताका कारण राष्ट्र र राष्ट्रियता माथि कालो बादल देखिएको सन्दर्भमा राष्ट्रिय एकताको आवश्यकता अझ बढ्दै गएको अनुभूत हुन थालेको छ ।

-विश्वास ढकाल

प्रतिक्रिया दिनुहोस