११ माघ २०७७, आईतवार

ओली आफ्ना समर्थकहरुलाई समान्ती संस्कार सिकाउन व्यस्त छन् :माधव नेपाल

काठमाडौं, २८ पुस । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना समर्थकहरुलाई समान्ती संस्कार सिकाउन व्यस्त रहेको बताएका छन् । प्रचण्ड-माधव समूहको गण्डकी भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

नेपालले प्रधानमन्त्री ओलीलाई विधि, प्रक्रिया मन नपर्ने तर गुटगत व्यवहारमात्रै गर्ने गरेको आरोप लगाएका छन । नेपालले ओली पार्टीको अध्यक्ष नभएको भन्दै गुटको नेता भएको बताएका छन ।

नेपालले भने, प्रधानमन्त्री ओलीलाई सम्मान गर्ने, उनको आदेश मान्ने मान्छेमात्रै मनपर्छ । उनलाई हनुमानहरु, अरिङ्गालहरु र उनको जय भन्नेहरु मन पर्छ । उनलाई गुट चलाउनमात्रै आउँछ । पार्टी चलाउन, विधि, प्रक्रियामा बस्न आउँदैन ।

प्रतिक्रिया दिनुहोस