
कोरोना खोप लगाएको १६औँ दिनमा डाक्टरकै मृत्यु
एजेन्सी, २८ पुस । अमेरिकाले फाइजर कम्पनी जर्मन बायोएनटेकसँगको सहकार्यमा बनाएको कोरोना भ्याक्सिन अमेरिकामा स्वीकृत भएर प्रयोगमा आइसकेको छ ।
तर, फाइजरको उक्त खोप लगाएको तेस्रो सातामा एक डाक्टरको मृत्यु भएको छ । अमेरिकाको दक्षिण फ्लोरिडामा ५६ वर्षीय डा. ग्रोगरी माइकलको खोप लगाएको १६औँ दिनमा निधन भएपछि फाइजरको खोपमाथि शंकाहरु उत्पन्न भएका छन् ।
यस विषयमा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी)ले अनुसन्धानको लागि एउटा टिमनै बनाएको छ । डाक्टरको मृत्यु प्रकरणमा फाइजर आफैले पनि सुक्ष्म अध्ययन सुरु गरेको छ ।
फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आम प्रयोगको लागि स्वीकृत गरेको थियो । यसअघि पनि फाइजरको खोपको सामान्य साइड इफेक्टहरु देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस