९ बैशाख २०७८, बिहीबार

सेयर बजार सुधार हुने क्रम जारी

काठमाडौं, २८ पुस ।  मंगलबार सेयर कारोबार नेप्से परिसुचक २८.५९ अंकले सुधार भएको छ। मंगलबार नेप्से सूचक अहिलेसम्मकै अधिकतम २२६८.०२ अंकमा पुगेर रोकिएको छ।

गएका दिनमा वाणिज्य बैंकले उकासेको नेप्से सूचक मंगलबार पुनः बीमा कम्पनी तथा थोरै सेयर पुँजी भएका कम्पनीमा उकासेको छ। बजार सुधारको सुरुवाति चरणमा बढेका नेपाल पुनर्बिमा कम्पनी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा सुधार भएको हो। 

सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रममा ८२५ रुपैयाँ कायम भएको छ।

नेप्से सूचक २८ अंकले सुधार हुँदापनि ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ। व्यापारको सूचकबाहेक सम्पूर्ण सूचकमा सुधार देखिएको छ। कुल १२९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटाको मूल्यमा भने गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस