८ माघ २०७७, बिहीबार

केपी ओलीले नै जबज त्यागेको प्रचण्डको खुलासा

पोखरा, २८ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यागेको खुलासा गरेका छन् ।

गण्डकी प्रदेशमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकीकरण हुने समयमा ओलीलेनै सबैभन्दा पहिले हस्ताक्षर गरेको र एकीकरण सम्झौतामा जबजलाई सिद्धान्त नमान्ने भनिएको बताएका छन।

पार्टी एकीकरणको अन्तिम समयमा आफुहरुले जबज मान्न नसकिने बताएको र त्यसमा प्रधानमन्त्री ओली जनताको जनवादमा जान तयार रहेको बताएका छन । त्यससमयमा माधव कुमार नेपालले जबज छाड्नु हुँदैन भन्दै फरक मत राखेको पनि प्रचण्डले खुलासा गरेका छन ।

प्रतिक्रिया दिनुहोस