११ माघ २०७७, आईतवार

सुनचाँदीको मुल्य फेरी बढ्यो

काठमाडौं, २८ पुस । आईतबार र सोमबार घटेको सुनचाँदीको मुल्य मंगलबार फेरी बढेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तो तेजावी सुन पनि प्रतितोला ८०० रुपैयाँले बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार २०० सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस