११ माघ २०७७, आईतवार

आज देशभरकोे मौसम कस्तो रहन्छ ?

काठमाडौं, २८ पुस । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली कायम रहेको छैन।

हाल देशको पहाडी भागमा भू–भागको मौसममा आंशिक बदली रहेको छ। आज विहान ६ बजे काठमाडौंको बायुको तापक्र ५ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आजको अधिकतम तापक्रम १७ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । त्यस्तै गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने संभावना रहेको छ।

देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

त्यस्तै यी क्षेत्रका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस