९ बैशाख २०७८, बिहीबार

विराट कोहली पिता बने

एजेन्सी, २७ पुस । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पिता भएका छन् ।

अनुष्काले मुम्बइस्थित केण्डी अस्पतालमा सोमबार दिउँसो छोरीलाई जन्म दिएकी हुन् । कोहलीले सामाजिक सञ्जालमार्फत छोरी आगमनको घोषण गरेका छन् ।

उनले लेखेका छन्, “हामी दुबै यहाँ हाम्रो छोरी छ भनेर हामी दुबैलाई बताउन खुसी छौँ । हामी तपाईंको प्रेम र इच्छाको लागि गहिरो कृतज्ञ छौँ । अनुष्का र छोरी दुवै राम्रै छ। यो हाम्रो भाग्य हो कि हामीले यस जीवनको यस अध्यायको अनुभव गर्न सक्यौँ । हामीलाई थाहा छ कि तपाईं निश्चित रुपमा बुझ्नुहुनेछ कि यस समयमा हामी सबैलाई केही गोपनीयता चाहिन्छ।”

कोहलीले छोरीको जन्मका लागि अष्ट्रेलियाविरुद्धको सिरिज बीचमै छाडेर स्वादेश फर्किएका थिए । कोहलीको अनुपस्थितिमा उपकप्तान अजिङ्क्य रहानेलाई कप्तानको भूमिका निर्वाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस