९ माघ २०७७, शुक्रबार

संक्रमण भन्दा निको हुनेको संख्या बढ्यो

काठमाडौं, २७ पुस । देशभर पछिल्लो २४ घन्टामा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ३ सय ९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ९६ पुरुष र १ सय ९२ महिला गरी ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ४ सय ८८ जनासहित कूल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ । यीमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै ३ सय १४ जना संक्रमित भेटिएका छन् । थपिएकाहरुमा काठमाडौंका २ सय ३०, भक्तपुरका १५ र ललितपुरका ६९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ५ सय २७ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५८ हजार ९ सय ६ड जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । थपिएका १० जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस