८ बैशाख २०७८, बुधबार

आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने उपकुलपति सिंहको धम्की

सुर्खेत, २७ पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने धम्की दिएका छन् ।

विश्वविद्यालयमा उत्पन्न पछिल्लो घटनाक्रमबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति सिंहले विद्यार्थीका माग पूरा गर्न नसकिने भन्दै उनीहरुलाई निस्कासन गर्ने चेतावनी दिएका हुन् ।

केही क्याम्पस प्रमुख र प्रध्यापकको उक्सावटमा विद्यार्थीहरुले अनआवश्यक उदण्ड मच्चाएको उपकुलपति सिंहको आरोप छ । ‘केही विश्वविद्यालयकै क्याम्पस चिफ र प्रध्यापकहरुले कुनामा बसेर विद्यार्थीलाई उचालेर आन्दोलन गर्न लगाएका छन्,’ उनले भने, ‘विद्यार्थीहरुको माग पूरा हुन सक्दैन्, उदण्ड विद्यार्थीलाई निस्कासन गर्छौं ।’

मप विश्वविद्यालयमा सम्बन्धनविनै हाइड्रो इन्जिनियरिङ पढाइ भइरहेको छ । त्यसै विषयलाई लिएर विद्यार्थीले आन्दोलन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस