३ माघ २०७७, शनिबार

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, २७ पुस । नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लाग्ने क्रम जारी छ । आइतबार हिजो तोलामा २३०० रुपैयाँले घटेको सुनको मुल्य आज सोमबार तोलामा ८०० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । 

 त्यस्तै तेजावी सुन पनि तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मुल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार २०० सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस