५ माघ २०७७, सोमबार

नेकपा ओली समूहको केन्द्रीय कमिटी १५ सय १ सदस्यीय

काठमाडौं, २७ पुस । विधान संशोधन गर्दै ११९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका नेकपा ओली समूहले पुनः केन्द्रीय सदस्य थपेको छ ।

ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गर्दै केन्द्रीय कमिटी संख्या बढाएको थियो।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १५०१ पुगेको जानकारी दिएको छ ।

ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ ।

पार्टी विभाजनलाई प्रोत्साहन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएको अपानिमा भनिएको छ । अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ ।

केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिँदै तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा शतप्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस