८ माघ २०७७, बिहीबार

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, २६ पुस । सरकारले माघ १ गते अर्थात् माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वलाई उत्सवको रुपमा मनाउन बिदा दिने निर्णय गरेको हो । 

आइतबार दिउँसो राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले माघीमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको जानकारी दिएका छन । 

‘सरकारले माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘माघीलाई एउटा समूहको पर्व भनेर होइन । एउटा उत्सवको रुपमा मनाउन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।’ 

प्रतिक्रिया दिनुहोस