९ माघ २०७७, शुक्रबार

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय

काठमाडौं, २६ पुस । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गत पुस १७ देखि सुरु भएको अधिवेशन आज राति १२ बजे अन्त्य गर्ने निर्णय गरेको हो । यस्तै बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघी पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस