९ बैशाख २०७८, बिहीबार

प्रधानमन्त्रीले कम्युनिस्ट एकतामाथि नै गद्दारी गरे : योगेश भट्टराई

सुर्खेत, २६ पुस । नेकपा (प्रचण्ड–माधव) सूमहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गद्दारी गरेको आरोप लगाएका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगमा प्रचण्ड–माधव समूहका युवाहरुले आयोजना गरेको भेलालाई सम्वोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफनो व्यक्तिगत स्वार्थका लागि कम्युनिस्ट एकतामाथि नै गद्दारी गरेको आरोप लगाएका हुन् ।

‘ओलीले व्यक्तिगत स्वर्थका लागि कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गर्न खोजेका छन्, इतिहासमा यस्ता नेता आउँछन् जान्छन्,’ उनले भने, ‘कमरेड ओलीलाई यादहोस्, हिजो केशरजंग रायमाझीले गद्दारी गर्दा कम्युनिस्ट आन्दोलन झनै एकताबद्ध भएको थियो ।’

नेता भट्टराईले यतिबेला मुलुक गम्भीर मोडमा पुगेको भन्दै युवाहरुलाई विवेक पुर्‍याउ आग्रह गरे ।
‘म यूवाहरुलाई आग्रह गर्न चाहन्छु, तपाईंको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पुर्‍याउनुहोस्, सही गलत छुट्याउनुहोस्,’ उनले भने, ‘तपाईंको नेताले गद्दारी गर्छ र, त्यसैलाई जिन्दावाद भन्दै हिड्ने तपाईं कस्तो युवा ?’

उनले थपे, ‘साथीहरु, यो मुलुककै लागि जीवन र मरणको लडाइँ हो । लेखेर राख्नुस् चुनाव हुँदैन । चुनाव भएन भने, प्रतिनिधिसभा र संविधान असफल भयो भने, मुलुकलाई विखण्डन गर्न चाहाने, संघीयता विरोधी शक्तिहरु सल्बलाउँछन् र मुलुकलाई ठूलो यूद्धमा धकेल्ने कू चेष्टा हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस