२ माघ २०७७, शुक्रबार

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

काठमाडौं, २६ पुस । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ। यसअन्तर्गत एनसेल सिम प्रयोग गर्ने विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने एनसेलले जनाएको छ। 

यो अभियानले हालको विषम परिस्थितिमा भविष्यको पुनर्विचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्धेश्य लिएको छ।
 
पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत् फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने एनसेलले जनाएको छ। यो सेवामार्फत् विविध अवरोधका वाबजुद  सजिलै सिक्न र आफ्नो वास्तविक क्षमता उजागर गर्न मद्धत पुर्‍याउने विश्वास एनसेलले लिएको छ । 

पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मका पाठ्यक्रम उपलब्ध छन्। कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्ध रुपमा अरु कक्षाहरुका लागि थप पाठ्यक्रमहरु समावेश गरिने उल्लेख गरिएको छ। 

विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्छन्। ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशनअनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्छन् । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानलमार्फत् पनि सुचारु गर्न सकिन्छ। 
 
अडियो क्लासका लागि हाल ३ दिन र ७ दिनका गरी दुई विकल्पहरु रहेका छन्। ३ दिनको प्याकमा विद्यार्थीले करसहित ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन्। त्यस्तै ग्राहकले ७ दिनको प्याकमा करसहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन्। 
 
कुनै अडियो प्याकअन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा ७ रुपैयाँमा फेरि खरिद गर्न सक्छन् । यस सेवा सुरु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताका लागि यो सेवा निःशुल्क प्रयोग गर्न सकिनेछ। 
 
यही ‘अनपज’ अभियान अन्तर्गत एनसेलले यसअघि महिलावर्गलाई लक्षित गर्दै आकर्षक गो सिम, कामदार र काम दिनेलाई एउटै प्लेटफर्ममा जोड्न एनसेल जबसपजस्ता विभिन्न योजना ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस