९ माघ २०७७, शुक्रबार

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं, २६ पुस । राष्ट्रिय सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन १० नवित्दै अन्त्य हुन लागेको हो । पौष १७ गतेबाट शुरु भएको राष्ट्रिय सभाको अधिवेशन विजनेशनको अभावको कारण देखाउँदै आज अन्त्य गर्न लागिएको छ ।
संविधानको धारा ९३ को उपधारा २ मा राष्ट्रपतिले संघीय संसदका दुवै वा कुनै सदनको अधिवेशनको अन्त्य गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय सभामा एक सदस्यदले प्रधानमन्त्रीको विशेष सम्बोधन पछि अधिवेशन अन्त्य हुने बताएका छन । आजको बैठकमा कार्यसूची अनुसार विशेष समय र शुन्य समय छैन । संघीय संसदका दुई सदनमध्ये प्रतिनिधसभालाई प्रधानमन्त्री ओलीले विघटन गरेपछि राष्ट्रिय सभामात्रै बाँकी रहेको छ ।

पार्टीभित्रको किचलो मिलाउन नसकेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा समेत यही पुष ५ गते विघटन गरेका थिए । तर, संवैधानिक बाध्याताका कारण राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुष १७ गते बोलाइएको थियो ।

संघीय संसदको एक अधिवेशन समाप्त भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनै पर्ने संवैधानिक प्रावधान रहेको छ । संघीय संसदका दुई सदनमध्ये राष्ट्रिय सभा कहिल्यै अन्त्य नहुने सदन हो ।

प्रतिक्रिया दिनुहोस