३ माघ २०७७, शनिबार

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, २६ पुस । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला २ हजार ३०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला २ हजार ३०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ६० रुपैयाँले घटेर १ हजार २००सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस