८ बैशाख २०७८, बुधबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २६ पुस । हाल देशभरको मौसममा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।

हाल देशका केही भू–भागको मौसममा आंशिक बदली रहेको छ।

आज विहान काठमाडौंको बायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ को मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश १ को मौसममा आंशिक बदली रहने सम्भावना छ । त्यस्तै देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस