९ माघ २०७७, शुक्रबार

संसद पुनर्स्थापनाको माग गर्दै डा. केसि सडकमा

काठमाडौं, २५ पुस । संसद पुनर्स्थापनाको माग गर्दै डा. गोविन्द केसि सडकमा आएका छन । 

संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै अहिंसात्मक नागरिकहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् । प्रदर्शनमा डा. केसी ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित सहभागी भएका थिए ।
त्यसक्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा. केसी लगायतलाई प्रहरीले हटाएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य नरहेकाले केपी शर्मा ओली वैध प्रधानमन्त्री नभएको बताएका छन । ओलीले संविधान र लोकतन्त्रलाई अपहरण गरेको त्रिपाठीको आरोप छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले संविधानवाद र लोकतन्त्र रक्षाका लागि संसद पुनस्र्थपना हुनुपर्नेमा जोड दिएका छन । नेपालको संविधान र लोकतन्त्र धरापमा परेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस