९ माघ २०७७, शुक्रबार

टोखामा एक दम्पतिको शव फेला, श्रीमानको हत्यापछि झुण्डिएर आत्महत्या गरेको आशंका

काठमाडौं, २५ पुस । काठमाडौँको टोखामा एक दम्पतिको शव फेला परेको छ।

सुर्खेत घर भई हाल टोखामा भाडामा बस्दै आएका ३३ वर्षका उमेश केसी र उनकी श्रीमती ३३ वर्षकै सुदिक्षा गिरीको शव भेटिएको प्रहरीले जनाएको छ।

सुदिक्षाको शव झुण्डिएको र उमेशको शव बिस्तारामा पल्टेको अवस्थामा फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिएका छन।

उनका अनुसार उमेशको शरीरमा चोटपटक लागेको छ। घटनास्थलमा रगत लागेको सिलौटो समेत भेटिएकाले उमेशको हत्यापछि सदिक्षाले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

तर त्यसबारे अनुसन्धानपछि मात्रै भन्न सकिने प्रवक्ता विष्टले बताएका छन। दुवैजनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको उनले बताएका छन।

उमेश केही समय अघि मात्रै अमेरिकाबाट फर्केको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस