९ बैशाख २०७८, बिहीबार

शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो

काठमाडौं, २४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा  कोरोना संक्रमण पुष्टि भएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ।

हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ५ हजार २ सय ६९ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस