३ जेष्ठ २०७८, सोमबार

‘काम लाग्छ कि भनेर प्रचण्डलाई मैले पार्टीमा ल्याएको थिएँ’ : ओली

काठमाडौं, २४ पुस । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देश र जनताको पक्षमा लड्ने पार्टी भएको बताएका छन् । सो पार्टीको अध्यक्ष आफू मात्र रहेको दावी उनले गरेका छन् ।

नेकपाले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले नेकपा नेपाली जनताको पार्टी भएको सो पार्टीको अध्यक्ष आफू रहेको बताएका हुन । उनले भने, ‘यो पार्टी नेपाली जनता हो, यो पार्टीको अध्यक्ष म हुँ ।’

नेकपामा प्रचण्डलाई आफूले काम लाग्छ कि भनेर ल्याएको भन्दै काम नलागेको उनले बताएका छन । उनले भने, ‘काम लाग्छ कि भनेर प्रचण्डलाई मैले पार्टीमा ल्याएको थिएँ, धेरै डल्ला साबुन सिद्दियो, पानी सिद्दियो, जस्ताको जस्तै ।’

प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै उनले नेताहरु परिवर्तन हुन नसकेको आरोप लगाएका छन । उनले नेताहरुले आफ्ना नातागोताका लागि र आफ्नो स्वार्थका लागि मात्र काम गरेको आरोप लगाएका छन । उनले भने, ‘मन परिवर्तन गर्नुस, मानसिकता परिवर्तन, देशतिर फर्काउनुस, देश विकास गराउनेतिर लगाउनुस, उहाँहरुको ध्यान कता छ ?’

0
Would love your thoughts, please comment.x
()
x