१५ माघ २०७७, बिहीबार

उल्टो हिँडेर संसद विघटनको विरोध

काठमाडौं, २४ पुस । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध गरेका छन । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म पुगेका छन् ।

उनीहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस