३ माघ २०७७, शनिबार

प्रधानमन्त्री आलीले सुदूरपश्चिमलाई गरेको माया नक्कली: भीम रावल

काठमाडौं, २४ पुस । नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले प्रधानमन्त्रीले सुदूरपश्चिमलाई गरेको माया नक्कली भएको बताएका छन्।

गत आम निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा साबिक नेकपा (एमाले)ले अभूतपूर्वरुपमा सफलता हासिल गरी उहाँ(ओली)लाई प्रधानमन्त्री बन्न सहज बनाइदिँदा एकजना पनि मन्त्री नबनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले हाल पार्टी फुटाउन मन्त्री पदको दुरुपयोग गर्नुभएको छ। त्यसैले सुदूरपश्चिम प्रदेशलाई माया गरेको नक्कली कुरा गर्नुभएको छ। यो माया होइन, विदेशी अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक रहेको प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई कमजोर तुल्याउने षडयन्त्रको एउटा अंग मात्रै हो, रावलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आफ्ना गलत कार्यमाथि पर्दा हाल्न प्रधानमन्त्रीले कुप्रचार टोलीमार्फत् भ्रम सिर्जना गर्ने, असहमतहरुका विरुद्ध गालीगलौज  गर्न लगाउने, गुट स्वार्थमा राज्य कोषको दुरुपयोग गर्ने, आर्थिक प्रलोभन, धाकधम्की दिनेजस्ता क्रियाकलाप गराइरहेको तथ्यहरु सार्वजनिक भइरहेको रावलको भनाइ छ।

ुयस्तो गलत कार्यलाई यही पुस २४ गते उहाँको गुटबाट धनगढीमा हुने कार्यक्रमका लागि तीव्र पारिएको जानकारी हुन आएको छ। यस्ता अलोकतान्त्रिक र गलत कार्यको विरोध गर्न तथा उहाँको गुटले सिर्जना गरेका भ्रममा नपर्न म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछु, विज्ञप्ति भनिएको छ।

प्रतिक्रिया दिनुहोस