८ माघ २०७७, बिहीबार

नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक

काठमाडौं, २४ पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघको नयाँ नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघले नयाँ नेतृत्वको लागि निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको महासंघको महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिएका छन ।

कोरोना भाइरसका कारण सातौँ साधारण सभा स्थागित भएपनि अहिले महासंघले सातौँ र आठौँ साधारण सभा एकै पटक गर्न लागेको छ । त्यस्तै अहिले यो तेस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बज्राचार्यले जानकारी दिएका छन ।

सहासंघले हिजो मतदाता नामावली प्रकाशन गरिसकेको छ । त्यस्तै आज मनोनयन दर्ता हुँदै छ । बज्राचार्यकाअनुसार विभिन्न पदको लागि व्यवसायीहरुले दावी गर्दै उम्मेद्वारी दर्ता गराउने छन् । महासंघ (भोली) २५ गते सातौँ र आठौँ साधारण सभा एकै पटक हुँदै छ ।

यसपटक महासंघ अध्यक्ष मोहन कुमार विश्वकर्माले अध्यक्षको दावी गरेका छैनन् । अब वरिष्ठ उपाध्यक्षले अध्यक्ष बन्नका लागि उम्मेद्वारी दिएको बज्राचार्यले बताएका छन ।

महासंघमा सबै व्यवसायी भएको र उनीहरु सबै सक्षम भएका कारण अहिलेसम्म महासंघको नेतृत्व सहमतिको आधारमा चयन गर्दै आएको पनि बज्राचार्यले बताएका छन । उनले यो पटक पनि सहमतिमा नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको बताएका छन ।

महासंघमा ६५ वटा जिल्ला कार्यसमिति रहेका छन् । त्यस्तै २६ वटा एसोसिएट र एउटा बस्तुगत सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस