८ बैशाख २०७८, बुधबार

७७ वटै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधान

काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र ज्ञानपनपत्र बुझाउने तयारी गरेका छन् । नेकपाले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र र संविधान बुझाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्धमा अहिले देशभर नेकपाले आन्दोलनको घोषणा गरेको छ । घोषित कार्यक्रम अन्र्तगत आज नेकपा प्रचण्डमाधव समूहले सबै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

नेकपा प्रचण्ड–माधव समूहले आफू माताहत रहेका सबै जनवर्गीय संगठनहरुलाई पनि आन्दोलन गर्न निर्देशन दिएको छ । त्यहीअनुसार अनेरास्ववियूले विभिन्न चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रधानमन्त्रीको पुल्ला दहन गर्ने, लाल्टिन जुलुस, सिठ्ठी जुलुस प्रर्दशन अनेरास्ववियू प्रचण्डमाधव समूहले गरिसकेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा संविधानको पालन नगरेको र उनले संसद विघटन गर्दा आधार मानेको संविधानको धाराले संसद विघटन गर्न नमिल्ने भन्दै प्रचण्ड–माधव समूहले जनवर्गीय संगठनसहित पार्टीको अगुवाइमा प्रमुख जिल्ला अधिकारीमार्फत संविधान र ज्ञापनपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीको यो कदमको विरोधमा नागरिक समाज, सामाजिक अभियन्तालगायत विपक्षी राजनीतिक पार्टीहरुले सडक संर्घष गर्दै आएका छन् । नेकपा प्रचण्ड–माधव समूहले सबैसँग आन्दोलनमा साथ दिन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस