
प्रधानमन्त्री ओली सुदूरपश्चिम जाँदै
काठमाडौं, २४ पुस । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदैछन ।
नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेशले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन । ओली समूहले आज धनगढीमा जनसभा गर्दैछ ।
पार्टी विभाजनपछि पहिलो पटक ओली काठमाडौं बाहिर जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन ।
यसअघि काठमाडौंमा भएका विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
बुधबार सुदूरपश्चिम प्रदेश कमिटीले कमिटी विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको थियो ।
सो बैठकले ३० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै नेकपा नेता भीम रावलालाई कारवाहीको सिफरिस पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस