
भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, २ जना घाइते
सुर्खेत, २३ पुस । सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन ।
उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।
प्रतिक्रिया दिनुहोस