९ माघ २०७७, शुक्रबार

जिपको ठक्करबाट दुईजनाको मृत्यु

बुटवल, २३ पुस । जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका भैरहवाबाट हुलाकी सडक हुँदै परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरी रहेका छन।

अधिकारी लु ३७ प ६७९८ नम्बरको र चौधरी लु २१ प ७८११ नम्बरको मोटरसाइकलमा सवार थिए । जिपको ठक्करबाट गम्भीर घाइते दुवैजनाको उपचारको क्रममा छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस