२ माघ २०७७, शुक्रबार

विहिबार संक्रमण भन्दा निको हुनेको संख्या बढ्यो

काठमाडौं, २३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस