२ माघ २०७७, शुक्रबार

टाटा मोटर्सको ‘जनवरी फेस्ट’ शुक्रबारदेखि

काठमाडौं, २३ पुस । नेपालका लागि टाटा मोटर्सको अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२१ को अवसरमा जनवरी फेस्ट कार्यक्रमकोे आयोजना गर्ने भएको छ ।

यहि पुस २४ देखि २६ सम्म (८, ९ र १० जनवरी, २०२१) सम्म थापाथलीस्थित टाटा मोटर्सको सोरुममा फेस्ट आयोजना गर्न लागेको हो। ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भइ नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन्। 

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्यांकन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र विविध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस