९ बैशाख २०७८, बिहीबार

प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो : वामदेव

काठमाडौं, २३ पुस । राष्ट्रिसभाका सदस्य तथा नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन ।

राष्ट्रियसभामा पहिलोपटक बोल्दै नेता गौतमले आफूसित पार्टी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले पनि अविश्वासको प्रस्ताव लैजाँदै गरेकोबारे जानकारी नदिएको बताएका छन ।

पार्टी विभाजित भएको स्थिति रहेको तर आफू कुनै पनि समूहमा नभएको भन्दै उनले पार्टीको जीवन अन्तर्संघर्षमा हुने स्पष्ट पारेका छन ।

पार्टी राजनीतिक रुपमा विभाजित रहेको भन्दै उनले कानुनी रुपमा अझै केही भन्न नसकिने उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस