
सुनचाँदीको मुल्य ह्वात्तै घट्यो
काठमाडौं, २३ पुस । नेपाली बजारमा विहिबार सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार ३०० रुपैयाँले घटेर ९४ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३०० सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस