८ बैशाख २०७८, बुधबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २३ पुस । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश र प्रेदश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस