९ माघ २०७७, शुक्रबार

पेट्रोललाई बाई बाई गर्दै, बजारमा आइपुग्यो विशेष इलेक्ट्रिक स्कुटर

काठमाडौँ त्रिपुरेश्वरस्थित जम्बो इको भेहिकल प्रा.लि. ले अन्तर्राष्ट्रिय स्तरमा चलेका विशेषगरी युरोपियन मुलुकमा अत्यधिक निर्यात भएका एन लेभ्नेङ इलेक्ट्रिक स्कुटरहरू बिक्री सुरु गरेको छ ।

यी स्कुटरमा जर्मनीको विश्वविख्यात कम्पनी बोस्चको मोटर प्रयोग भएका छन् भने टेस्लाबाहेक अरू सवारीमा प्रयोग नभएको एकदम स्तरीय सामसुङको इ सेभेन ग्रेडको पोलिमर ब्याट्री प्रयोग भएको प्रा.लि.का नारायण गौतमको दाबी छ ।

त्यसैगरी यी स्कुटरमा स्मार्ट डिस्प्ले, युएसबी, ब्लुटुथ कनेक्सन र स्पिकरसमेत छन् । यी स्कुटर अनधिकृत व्यक्तिले चलाएमा साइरन बज्छ भने स्ट्यान्ड लगाइएको छ भने गुड्दैन । पार्किङ मोडमा पनि गुड्दैन ।

यी स्कुटरमा २ वर्षको ब्याट्री, मोटर, चार्जर आदिमा रिप्लेसमेन्ट ग्यारेन्टी रहेको जानकारी पनि गौतमले दिए । त्यसैगरी १७ रुपियाँको चार्ज गर्दा ७० किलोमिटरको यात्रा गर्न सकिने दाबी गर्दै गौतमले भनेयो स्कुटर किन्न चाहनेका लागि शून्य प्रतिशत ब्याजमा ऋणको पनि व्यवस्था मिलाइएको छ ।

काठमाडौँको त्रिपुरेश्वरबाहेक नारायणगढ र हेटौँडामा पनि सोरुम भएको यो कम्पनीले २ आकर्षक मूल्यमा विभिन्न रङ र स्टायलका स्कुटर राखेको छ । जसमा मोबाइल चार्ज गर्ने सुविधासमेत छ भने ब्याट्री पनि सहजै निकाल्न÷राख्न सकिने निकै हलुका भएको गौतमले बताए ।

यी स्कुटरबारे थप जानकारी चाहिएमा तीनवटै सोरुममा भ्रमण गर्न सकिनेछ भने निम्न नं. ०१५३१३९१९, ९८५१३१०५६९ र ९८५५०६८५७७ मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस