
संक्रमण भन्दा निको हुनेको संख्या बढ्यो
काठमाडौं, २२ पुस । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थपिएका ४ सय ९ जनासहित देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ जना पुगेका छन् । यीमध्ये ५ हजार १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार बुधबार ४९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।
यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार थपिएका ६ जनासहित कोरोना संक्रमणबाट देशभर ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस