८ माघ २०७७, बिहीबार

‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’

काठमाडौं, २२ पुस । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियूले सरकारको कदमको विरोधमा आज काठमाडौंमा लाल्टिन जुलुस निकालेको छ । अनेरास्ववियूको प्रचण्डमाधव पक्षले आज लाल्टिन जुलुस निकालेको हो ।

दिउँसोको समयमा लाल्टिन बालेरै खोज्दा पनि संविधानमा संसद विघटनको धारा नभेटिएको भन्दै उनिहरुले विरोध गरेको हो । ‘संसद विघटनको धारा खोइ ? दिउँसै लाल्टिन बालौँ है’ भन्दै नारा लगाएका छन् ।

यसअघि मंगलबार अनेरास्ववियू प्रचण्डमाधव समूहले पत्रकार सम्मेलनमार्फत चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस