९ माघ २०७७, शुक्रबार

नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्र

काठमाडौं, २२ पुस । चालु आर्थिक वर्ष २०७७/७८ (सन् २०२०/२०२१)मा पनि नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत मात्र रहने विश्व बैंकले पुनः दोहोर्‍याएको छ ।
यसअघि पनि विश्व बैंकले गत चैतमा यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर कायम हुने दावि गरेको छ ।

विश्व बैंकका अनुसार अघिल्लो आव २०७६/७७ (२०१९/२०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको छ । यो आवको आर्थिक वृद्धिदरबारे प्रतिवेदन भने सरकारले सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस