९ बैशाख २०७८, बिहीबार

गैरसंवैधानिक कदम सच्याउने अदालतको निर्णय हुनसक्छ ! अरू बाटो रोज्न नपरोस् :भट्टराई

काठमाडौं, २२ पुस । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदम सच्याउने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्ने बताएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुने उल्लेख गरेका छन्। 

उनले भनेका छन्,‘ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभामार्फत् निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ ! अरू बाटो रोज्न नपरोस् !’

प्रतिक्रिया दिनुहोस