
सुनचाँदीको मूल्य वृद्धि
काठमाडौं, २२ पुस । नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लाग्ने क्रम जारी छ । आज बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाल प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पति तोलामा ३०० रुपैयाँले बढेर ९६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला ४ रुपैयाँले बढेर १ हजार ३०० सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस