५ माघ २०७७, सोमबार

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं, २२ पुस । सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा नियुक्त हुन इच्छुकका लागि दरखास्त आह्वान गरेको छ ।

हालका उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँदै छ । शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन इच्छुक व्यक्तिलाई पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउन भनेको छ ।

प्राप्त विवरणका आधारमा योग्य व्यक्तिको नामावली सिफारिस समितिले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र कुलपति एवम् प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस