९ बैशाख २०७८, बिहीबार

बेलायतबाट फर्किएका तीन जनामा नयाँ कोरोना भएको आशंका

काठमाडौं, २२ पुस । बेलायतबाट फर्किएका तीन जनामा युके भेरिएन्ट (बी-११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन भएको कोरोना भाइरसको संकेत देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमूना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी-११७ हुनसक्ने सम्भावना बढेको हो । बेलायतबाट फर्किएका सात जनामा कोरोना पोजेटिभ देखिएपनि तीन जनामा मात्र एसजिन नेगेटिभ देखिएको छ ।

सरकारले उक्त भाइरसको पुष्टि गर्नका लागि हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमूना पठाउने तयारी गरेको छ । यसअघि नै सरकारले बेलायतबाट आउने यात्रुलाई प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस