९ बैशाख २०७८, बिहीबार

उपत्यका लगायत तराईका सहरहरुमा वायु प्रदूषण बढ्यो : वातावरण विभाग

काठमाडौँ । हिजो मिति २०७७ साल पौष २० गतेदेखि मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको छ। यसबाट तपाई हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्दछ । बिशेष गरी बालबालिका वृद्ध वृद्धा एवं दम खोकि जस्ता श्वासप्रश्वास सम्बन्धि बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकोले उहाँहरुलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किदा बिशेष साबधानि अपनाउन वातावरण विभागले विज्ञप्ति जारी गरी हार्दिक अपिल गरेको छ ।

काठमाण्डौ उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु जस्तै नेपालगंज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले तराई क्षेत्रका नागरिकहरुलाई पनि बिशेष सावधानी अपनाउन अनुरोध गरिन्छ। साथै फोहोर बाल्दा र आगो बाल्दा समेत वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ। वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहेमा केहि समयसम्म प्रदूषण यस्तै रहन अथवा अझै खराब समेत हुने संभावना रहेको हुनाले विशेष सावधानी अपनाउनुहुन पनि विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस