८ बैशाख २०७८, बुधबार

आज देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौं, २१ पुस । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।

जसअनुसार हाल देशभरको मौसममा सामान्य बदली रहेको छ ।

आज विहान ६ बजे काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आजको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्य बदली रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बागमती तथा प्रदेश नं १ को भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राति देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस