९ माघ २०७७, शुक्रबार

‘रेड वाइन’को नाम परिवर्तन

काठमाडौं, २० पुस । फिल्म ‘रेड वाइन’ले नाम परिवर्तन गरेको छ। फिल्मको नाम परिवर्न गरी ‘तिम्रो मेरो साथ’ बनाइएको हो। समयको माग र दर्शकलाई ध्यानमा राख्दै नाम परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ। 

चलचित्रमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने बताइएको छ। यसै चलचित्रबाट रमेश एम के पौडेलले निर्देशकको रुपमा डेब्यूसमेत गर्दैछन्। 

चलचित्रमा पुष्प र साम्राज्ञीसँगै कार्यक्रम प्रस्तोता तथा कलाकार सन्दीप क्षेत्री, हास्य कलाकार खड्गबहादुर पुन (खबपु)लगायतको अभिनय रहनेछ।  

चलचित्रको कथा तथा संवाद सविर श्रेष्ठको छ भने निर्माताका रुपमा पासाङ लामा, निरु भण्डारी, सुमन पौडेल र सुधीर पराजुली छन्। 

नेपालसँगै अमेरिकामा छायांकन हुने बताइएको फिल्मलाई आर्यन फिल्म्स र बोधी एचडीको संयुक्त ब्यानरले निर्माण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस