३ माघ २०७७, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ

काठमाडौं, २० पुस । सुरक्षाका हिसावले अत्यन्त संवेदनशील क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार, झापा मेचीनगर नगरपालिका २ का बद्रीहाङ राईलाई नाइन एमएमको पेस्तोलको गोलीसहित पक्राउ गरिएको हो ।

श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान एयरपोर्ट पुगेका राईलाई चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।

सामान्य झोलामा राखेर गोली लैजान लागिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान गरी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशालालाई पठाइएको एसएसपी बास्तोलाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस